इटहरी / नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसद्वारा विजया दशमीको शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबु बस्नेतको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाको प्रमुख अतिथिमा २०८१ सालको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

कार्यक्रमले केवल चाडपर्वको उत्सव मनाउने मात्र नभई, नेपाली समाजमा रहेका विविध जातीय र सांस्कृतिक परम्परालाई उजागर गर्दै, सबैको सहभागितामा एकताको सन्देश फैलाएको छ।

कार्यक्रमको मुख्य आकर्षण भनेको विभिन्न जातजातिका सांस्कृतिक नृत्य र गायन प्रस्तुति थियो। नेपालमा रहेका बहुजातीय, बहुसांस्कृतिक समाजको झल्को दिने किसिमका प्रस्तुतिहरूले उपस्थित दर्शकहरूलाई मोहित तुल्याए। चार्ड पर्वमा हराउदै गरेको पिङ लगाएर पिङको संरक्षण समेत गरिएको थियो ।

युवावर्ग, विशेषगरी विद्यार्थीहरू समाज परिवर्तनको महत्वपूर्ण शक्ति भएकोमा जोड दिँदै, सामाजिक विकृति र विसंगतिहरूको अन्त्य गर्न विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको  कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले बताउनुभयो ।

संस्कृतिलाई संरक्षण गर्न र विद्यार्थी विद्यार्थी बिच आपसी सम्बन्ध मजबुत बनाउन कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई समितिका सभापति सुमन बाबु बस्नेतले बताउनुभयो । 

कार्यक्रममा जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारी, जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशी,जनता बहुमुखी क्याम्पस स्ववियुका  सभापति सहदेव काफ्ले ,कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान,नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराई ,क्याम्पसका शिक्षक , क्याम्पसमा अध्यनरत स्नातहकका विद्यार्थी लगाएतको उपस्थिति रहेको  थियोे ।