मिलन अधिकारी
संखुवासभा / संखुवासभा मादी नगरपालिकाको माया देवी माध्यमिक विद्यालयमा कक्षा ४ देखि माथिका विद्यार्थीहरूलाई विद्यालयबाट टाढा रहेको पाखे भन्ने स्थानबाट काठ बोक्न लगाइएको दृश्य सार्वजनिक आएपछि अभिभावकहरू चिन्तित बनेका छन्।
अभिभावकहरूले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षा जोखिममा परेको भन्दै विद्यालय प्रशासनलाई प्रश्न गरेका छन् । विशेष गरी कम उमेरका बालबालिकालाई शारीरिक रूपमा गाह्रो हुने काममा संलग्न गराउनु अपराध हो । काठ बोक्न लगाइएको विद्यार्थीहरूको दृश्य सामाजिक संजालमा भाइरल बनेपछि यो मुद्दाले अझ चर्चा पाएको छ।
विधालय पुग्दा ११ : ४५ बजे विधालय आउँदा विधालयमा ३ जान शिक्षक विधालयमा देखिए विधार्थी खेल मैदानमा थिए । यो अवस्था देख्दै गर्दा केहि छिनमा धमाधम विधार्थीले काठ बोक्दै गरेको आवस्थामा पाइयो । काठ कहाँबाट लेर आएउ भन्ने प्रश्नमा विधार्थीले पाखे माथीबाट ल्याएको जवाफ दिए । विधार्थीहरु सबै गएको विधालयमा १ घण्टी पनि पढाइ नभएको बताएका छन् भने शिक्षकहरुको आग्रहमा आफुहरु काठ बोक्न गएको यो पटक मात्र नभएर यो भन्दा अगाडी पनि गएको विधार्थीले प्रतिक्रिया दिए ।
एका तर्फ विधालयका कक्षा कोठ नभएर पठनपाठनमा समेत असर परेको छ । केहि समय अगाडि यूनाइटेड वार्ड स्कुलले सहकार्य गरि भवन निर्माण गरिरेको थियो । कारण बस विधालयको.भवन भत्किए पछि विधालय अस्तव्यस्त बनेको थियो । त्यस्लाई मध्यनजर गर्दै विधालय निर्माण सस्थाले गर्दै आएको छ । लगभग सस्थाको ५० प्रतिशत र ५० प्रतिशत जनसहभागिता मार्फत विधालय निर्माण गर्ने गरि विधालयको पुन निर्माणको कार्य अगाडी सरेको छ । त्यसै अनुसार काठ विधालयले दिनुपर्ने हुदाँ विधालयको व्यवस्थापन समिती शिक्षक विधार्थी मिलेर काठ बोकेको विधालयका प्रध्यानाध्यपक चन्द्र बहादुर खड्काले गैरजिम्मेवार जवाफ दिए ।
विधालय निर्माणका लागि अथाव व्यवस्थापन गर्ने जिम्मा विधालय व्यवस्थापन समितीको हो । तर माया देवि मा.विमा भने व्यवस्थापन समितीका अध्यक्ष विधालय प्रशासन विधालयको पठनपाठनमा समेत असर पुर्याएर कक्षा ४ देखिका साना बालबालिकालाई काठ बोकाएको छ यो नियम कानुन विपरित हो । काठ बोक्ने काम एका तर्फ अफ्ठेरो काम हो । बाल अधिकार माथी समेत प्रश्न उठेको छ । यस्ता नदेखिने तर गम्भिर अपराध विधालय हटा भित्र भएको हुदाँ सम्बन्धित निकायको ध्यानार्कषण होस । हाम्रो पनि कसैलाई नराम्रो गर्न गराउने उद्देश्य होइन् ।
‘आदरणीय उदाहरणीय आमा बुबा दाजु भाई दिदी बहिनीहरु मैले सम्मान गर्नु पर्ने मेरो फेसबुकमा जोडिनु भएका साथी, मायादेवी स्कुल परिवार साथै शुभचिन्तक, अभिभावकहरुमा नमस्कार मैले २०८१–०६–१५ गते माया देवी माध्यामिक बिधालयमा कक्षा ४ देखीका ससाना बच्चालाई बिधालयमा काठ बोकेको दृश्य देखे । उक्त काठ बिधालय देखी ४० मिनेट टाढाको अन्तरमा रहेको पाखे भन्ने ठाँउ बाट बोक्न लगाइएको थियो । बिधालयमा समुदाय स्तरले कार्य गर्नु पर्छ । विधार्थीलाई नि श्रम सग जोडनु स्वभाबिक कुरा हो ।
कुरा यहाँ आएर बाधिन्छ कि ? घरमा अभिभावकहरुले १ अङालो दाउरा बोकाएका हुँदैन्न तर स्कुलमा हाम्रो बुझ्ने भाषामा भन्दा, ६\७ हाते काँचो काठ बोकाईएको दृश्य देखिएको छ । त्यस माथी एउटा काठ २ जना विधार्थीले काँद हालेर बोकिरहेका थिए । सामुहिक कार्यमा बिद्यार्थीलाई अगाडी बढौउ बिधालय बनाउ । तर उनिहरुको अधिकार संगै जोखिमको ख्याल गर्ने गरौं ।
गाउँ समाज हो । म पनि १० वर्ष माया देवि माध्यमिक विधालयमा अध्ययन पछि उच्च शिक्षाका लागी निस्केको हु । अध्ययनका क्रममा ५ पटक काठ बोकियो । कसरी बोकियो भन्ने त मलाई था छ तपाईंले नि विधार्थी कालमा काठ बोक्नु भयो भने पिडा थाहा होला । काठ बोक्ने कार्य जटिल हो । त्यस माथी ४\५ कक्षामा अध्ययन गर्ने बाल बच्चा कठै अहिले उमेर कत्ति हुन्छ होला ।
समाजिक हिसाबमा मेरो गाउँ मेरो स्कुल मेरो समाज यत्तिका कुरा समाजिक संजालमा ल्याउनु गलत हो । मैले महशुस गरेको छु महशुस गर्दा गर्दै पनि त्यो हेरेर बस्नु भनेको पाप हो । त्यसैले सबैको ध्यानाकर्षण गराए । स्कुलका शुभचिन्तक, स्कुल सग सम्बन्धित शिक्षित महानुभावहरुले सामाजिक संजालमा आएका टिप्पणीका आधारमा ९९% ले मलाई विरोधी भन्ने सङ्केत दिकाको पाए ।
मेरो पुर्व गुरु , गुरुआमा, संजालमा जुडिनु भएका आम अभिभावक तपाईंहरु धेरै बुझ्नु हुन्छ । मैले बिधालयमा आएर यसरी प्रस्तुत हुनु के अपराध हो ? मैले गलत गरे ?
म पनि समाजिक मानव हु समाज सँग जोडिएको छु बुझ्नु नि ।’
कहाँ कसरी प्रस्तुत हुने भन्ने पनि बुझ्नु पर्छ नि । अध्यक्ष गणेश प्रसाद घिमिरेले मैले भिडियो कैद गरेको सुचना लगत्तै बिधालयमा आएर ।
‘त वरिष्ठ पत्रकार । हाम्रो बेइज्जत गर्ने । उजयतय खिच्ने ठुलो मान्छे । व्यक्ति गत जिवनमा धक्का पुग्ने गरि ठुलो भईश त मुला’ यी शब्द कत्ति जाहेज थिए ।
सबैका तर्क आफ्ना आफ्नै छन । तपाईंहरुका सुझावको आवस्यकता महशुस गर्दै अन्य विषय बुझ्न मन भए त्यो पनि तपाईंहरुलाई जोड्ने छु ।
नोट – विधालय गएका आफ्ना बालबालिका के गर्दै छ्न भन्ने ख्याल गर्नुस अभिभावक ज्युहरु । जोखिम के हो काठ बोक्ने कार्य कस्तो हो तपाईंलाई थाहा छ । दुर्घटना हुनु भन्दा, हुन नदिनु बुद्धिमान हो । तपाईंको श्रम विधालयलाई आवश्यक छ । मैले गर्नु पर्ने सहयोग बिद्यालयलाई सधैव रहने छ ।


