रामधुनी / नेकपा एमाले रामधुनी नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । कल्पवृक्ष पार्टी प्यालेस रामधुनीमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियतको प्रमुख आतिथ्यता साथै केन्द्रीय सदस्य लछ्मि गौतम, मन्जु भण्डारी कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारी, राम प्रसाद मेहता को बिसेस आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष पर्शुराम यादव, सचिव राम कोइराला लगायत केन्द्रीय, प्रदेश, जिल्ला र नगरका नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रम अध्यक्ष मन्डल सदस्य राजकुमार गिरिले संचालन गर्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक उद्बब काफ्ले ले नवनिर्वाचित अध्यक्ष योगेन्द्र खड्का, उपाध्यक्ष खेमराज पौडेल, सचिव रेवतराम गुरुङ उप सचिव प्रदीप घिमिरे र भगवती खड्का लगायत पदाधिकारी, सदस्यहरु र लेखा समिति सदस्यहरुलाई सपथग्रहण गराउनुभयो। सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताउनुभयो । उहांले मिसन ८४ मा एमालेलाई वडादेखि संघसम्म एमाले नेतृत्वलाई विजयी गराउने बताउनुभयो । सबै निर्वाचनमा एमालेलाई विजयी गराउन पार्टी नेतृत्व र तल्लो तहसम्म एकता कायम गर्न आवश्यक रहेको उनको भनाई छ। अध्यक्ष खड्काले निर्वाचनले सबैलाई एक भएर पार्टी बलियो बनाउन म्याण्डेड दिएको बताउनुभयो ।



