इटहरी | इटहरीमा खेलकुद र सामाजिक गतिविधिहरूमा सक्रिय सेभेन स्टार क्लबले आयोजना गरेको “सेभेन स्टार इटहरी रन” (SEVEN STAR ITAHARI RUN) को दोस्रो संस्करणको खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुला रहने छ, जसमा स्थानीय खेलाडीहरूका साथै नेपालभरिका धावकहरूको व्यापक सहभागिता थिए ।
पुरूष तर्फबाट बैतडीका नरेन्द्र सिंह रावत प्रथम ,काठमाडौंका नागेश्ववर अहिर दोस्रो, करण रावल बझाङका तेस्रो , विक्रम लिम्बू लेटाङ्ग मोरङको लेटाङका , चौथो र दमकका सरोज सिंह दौडिर पाँचौ स्थान पुगेका थिए ।
महिला तर्बाट सुमित्रा कुमारी चौधरी काठमाडौंको प्रथम , सुनकला राई संखुवासभाकि दोस्रो , पुष्पा शेर्मा लिम्बू पाँचथरकि तेस्रो ,जुहि राइ भोजपुरकि चौथो र सुसा लिम्बु धनकुटाकि पाँचौ स्थानमा पुगेकी थिइन् ।
प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद २५,००० रुपैयाँ, दोस्रोलाई १०,०००, तेस्रोलाई ५,००० र चौथो तथा पाचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूलाई १,००० रुपैयाँ प्रदान गरिएको साथै उनीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
दौड प्रतियोगिता लविपुर चौकबाट सुरु भई इटहरीको गोलो चोक, हलगडा, राजश्वढाट हुँदै पुनः लविपुर चौकमा उनीहरू दोडिएका थिए ।
क्लबले इटहरीका लागि खेलकुद क्षेत्रमा निकै महत्त्वपूर्ण सहयोग गर्ने साथै क्लबलाई नगरपालिकाले साथ र सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो ।
क्लबका अध्यक्ष नवराज पौडेलका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै समाजमा खेलकुदको महत्त्वलाई उजागर गर्नु हो। यस दौडमार्फत स्थानीय समुदायमा खेलकुदप्रति चासो जगाउने र स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य राखिएको बताउनुभयो ।
इटहरी वडा नं. १६ का वडा अध्यक्ष तेजनाराय चौधरी र वडा नं. १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्य खेलाडी संघ संस्थाका पदाधिकारीहरू ,सेभेन स्टार क्लब इटहरीका सदस्य लगायत अन्य जनप्रतिनिधिहरू पनि प्रतियोगितामा सहभागी थिए ।
यसले इटहरीको खेलकुद क्षेत्रलाई थप प्रोत्साहन दिने र भविष्यमा यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।


