इटहरी / हिसान सुनसरीद्वारा अन्तरक्रिया एवम् चाड पर्व शुभकामना विशेष (सामाजिक सुरक्षा कोष ) सम्बन्धि कार्यक्रम गरेको छ ।
हिसान सुनसरीले चाड पर्व शुभकामना विशेष कार्यक्रम एवम् अन्तरक्रिया (सामाजिक सुरक्षा कोष ) सम्बन्धि इटहरीको प्रिमियर ग्लोबल कलेज इटहरीमा कार्यक्रम आयोजना गरेको थियो ।
सामाजिक सुरक्षा कोष सम्बन्धि यस्ता कार्यक्रम निरन्तरता दिन आवश्यक रहेको हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले बताउनुभयो ।
इटहरीका शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरूला सामाजिक सुरक्षा सम्बन्धि जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हिसान सुनसरीका उपाध्यक्ष नेत्र सुवेदीले बताउनुभयो ।
सहकारी तथा निजि क्षेत्रका शिक्षक शिक्षिका हरू सामाजिक क्षेत्रमा जोडिएर फाइदा लिन आवश्यक रहेको सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टले बताउनुभयो ।
सामाजिक सुरक्षा कोष के हो , सामाजिक सुरक्षा कोषका फाइदा के केछन् , यसका विशेषता के छन् , सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टले प्रशिक्षण गराएका थिए । उपस्थितिहरूले सामाजिक सुरक्षाका विषयमा प्रश्न राखेका थिए भने सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टले उत्तर दिएका थिए ।
२०८१ सालको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियोे ।कार्यक्रममा इटहरीका निजि स्कुलका सञ्चालक , अध्यक्षहरू, हिसान सुनसरीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


