संखुवासभा  / नगर विकासका लागि युवा दृष्टिद्वारा खुल्ला पुरुष फुटबल आयोजना सुरु भएको छ । 

संखुवासभाको मादी  नगरपालिकामा आयोजित दोस्रो YVMD कप  खुल्ला  नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ । युवाहरुलाई खेलमा जोड्न खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य साथै दशै लक्षित गरेर आयोजना गरिएको  यस प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएका छ्न।

मादी  बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो  खेल प्रतियोगितामा कर्मचारी  भर्शेज कृषक समुह   बीचको उद्घाटन खेल  प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । खेलको दौरानमा कृषक समुहले पहिलो हाफमै १ गोल गर्दै आफ्नो अग्रता बनाएका  थिए । कर्मचारी टिमले अन्तिम समयमा  एक गोल गर्दै खेल बराबरी भएको खेलमा  पेलन्टी मार्फत कृषक समुह  विजेता बन्यो । 

प्रतियोगिताको उद्घाटन  समारोहमा प्रमुख अतिथि मादी नगर प्रमुख प्रशासकिय अधिकृत जित मान जीमीले खेलकुदले युवाहरूलाई अनुशासन, संयम र सशक्त बनाउने माध्यम भएको बताउदै यस प्रकारका खेलकुद प्रतियोगिताहरूले मात्र स्थानीय स्तरमा खेलाडीहरूको क्षमतामा वृद्धि गराउने भन्दै  नगरलाई खेलक्षेत्रमा विकास गर्न गराउन आफ्नो  र नगरको पनि सहयोग रहने  प्रतिबद्धता व्यक्त गर्न भयो । 

यता क्लबका अध्यक्ष केशव घिमिरेले भने  "खेलकुदले युवाहरूलाई एकताको भावना पैदा गर्न मात्र होइन, उनीहरूको मानसिक र शारीरिक विकासमा पनि ठूलो भूमिका खेल्छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन मात्र गरेन, नगरपालिकालाई राष्ट्रिय स्तरमा चिनाउन पनि योगदान पुर्याएको छ। आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई अझ व्यापक र व्यवस्थित रूपमा आयोजना गरिने बताएका छ्न । 

मादी नगरपालीकाको खेल संगै प्रर्यटन प्रर्वधन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको सभाअध्यक्ष पासाङ निमा शेर्पाले बताउँनु भयो । रोजित लिम्बू YVMD क्लबबाट खेलाडी एम्फा   एकेडेमीमा छनोट भएका थिए ।

उद्घाटन  समारोहमा पासाङ निमा शेर्पाको अध्यक्षता रहएको थियो भने, मादी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, रहेको थियो अतिथिहरु मादी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष सुनिल लिन्थेप,  पुर्व वडा अध्यक्ष पासाङ शेर्पा, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष दावा छत्र शेर्पा, नेपाल काङ्ग्रेस जिल्ला समिति सदस्य श्यामसुन्दर शेर्पा,    विभिन्न संघ संस्था, स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलाडीहरू, र स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।