इटहरी / नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीले सांस्कृतिक रूपान्तरण एक विवेचना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीका अध्यक्ष गायत्रि लम्सालको अध्यक्षता तथा  नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री जगदीश कुसियतको प्रमुख अतिथ्यतामा सांस्कृतिक रूपान्तरण एक विवेचना तथा २०८१ का चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान  गरिएको थियोे ।

IMG_20241005_144359

यो सामाजिक रूपान्तरण , सांस्कृतिक रूपान्तरण समाजका लागि अति महत्त्वपूर्ण आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री जगदीश कुसियतले जानकारी दिए ।

IMG_20241005_144324

समाज परिवर्तनका लागि सामाजिक रूपान्तरण गर्न आवश्यक रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीका अध्यक्ष गायत्रि लम्सालले बताउनुभयो ।

कार्यक्रमका बक्ताहरु प्राध्यापक डाक्टर विशाल पोख्रेल, प्राध्यापक डाक्टर  रमेश पोख्रेल र डाक्टर दिवाकर रेग्मीले  समाज परिवर्तनका लागि सामाजिक रूपान्तरणको बिसयमा चर्चा गर्नुभएको थियो ।

IMG_20241005_144314

नेकपा  माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल ,नेकपा एमाले सुनसरी उपसचिव ईन्द्रकला राई, नेकपा  एमाले इटहरी नगर अध्यक्ष रूपेश बस्नेत, जिल्ला नगर वडा  कमिटीका पदाधिकारीहरू, प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीका पदाधिकारीहरू लगाएगको सहभागीता रहेको रहेको कार्यक्रममा प्रचार प्रसार विभाग सचिव बिकल पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

IMG_20241005_144458