भोजपुर / जनजागृति सामाजिक संस्था भोजपुरको टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा दशैं तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरिएको यो प्रतियोगिता यहीँ असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म लेखर्क विद्यालयको खेल मैदानमा सञ्चालन हुदै छ ।
आयोजक संस्थाका संयोजक सुजन लुईटेलका अनुसार, प्रतियोगिता वडा स्तरीय हुनेछ र नकआउट आधारमा खेलाइनेछ। प्रत्येक खेलाडीले आफ्नै साविक वडाको परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ। खेलाडीहरूले आफ्नो बसोबास र खानपानको व्यवस्था आफैं गर्नुपर्नेछ भने खेलका क्रममा कुनै चोटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई नगद रु ५१,१११, द्वितीयलाई रु ३१,१११, र तृतीय टिमलाई रु २१,१११ नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारले सम्मानित गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले असोज २८ गते बिहान १० बजेभित्र रु २९९९/- शुल्क बुझाएर टिम दर्ता गरिसक्नुपर्नेछ। खेलाडीहरूको अनिवार्य रूपमा ७ जनाको टिम बनाउनु पर्नेछ भने खेलका लागि जर्सी र जुत्ता अनिवार्य हुनेछ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका सम्पर्क व्यक्ति सुजन लुईटेल (९८११०५१५०५), दिपाहाङ राई (९८६००७६६२९) र विज्ञान लुईटेल (९७४५२५०५८५) सँग सम्पर्क गर्न सकिनेछ।