सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको पहिलो दिन उद्घाटन समारोहमा सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी रहनु भएको थियो । त्यसै गरि विशिष्ट अतिथिमा बराहक्षेत्र -८ का वडा अध्यक्ष रोशन खड्क रहेकोे थियो । अतिथि हरुमा बराहक्षेत्र ८ र ९ को वडा सदस्य हरु, स्थानीय प्रहरी इन्चार्ज , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेलको उद्घाटन समारोह गरिएको थियो । आज उद्घाटनको दिन बराहक्षेत्र ५,३,८,४ वडा गरि ४ वडाको सहभागी मा २ खेल भएको थियो उक्त खेलमा बराहक्षेत्र ३ र ८ ले पहिलो खेल जित हासिल गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । वटा खेल गराएको हो । पालिका स्तरीयखेलमा बराहक्षेत्र भरिको ८ वटा वडाको सहभागिता रहेकोे छ । अब बाकी खेल निरन्तर रूपमा भोलि खेलाइने छ ।
चौखाेल युवा क्लबको आयोजनामा भएको यस प्रतियोगिता असोज असोज २४ गते फाइनल खेल हुनेछ आयोजकले जनाएको छ ।
यश खेलको मुख्य प्रायोजक बराहक्षेत्र ९ र सहायक प्रायोजक बराहक्षेत्र ८ र बराहक्षेत्र नगर खेलकुद बिकास समिति रहेकोे छ ।
प्रतियोगिताको समापन समारोह असोज २४ गते हुनेछ, जहाँ विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिने छ। यस प्रतियोगिताले युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व विकास र सहकार्यको भावना जगाउने लक्ष्य लिएको छ भनी आयोजकका अध्यक्ष दिपक राईले जानकारी दिएको छ ।