सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश गरेको छ ।

भोलि वडा ७ र ८ तृतीय स्थानको लागि खेल खेलाइने छ । प्रतियोगिता चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको दोस्रो दिन  सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडासदस्य चतुरलाल रहनु भएको थियो ।

अतिथि हरुमा बराहक्षेत्र ९ को वडा सदस्य भगवती खड्का ,बराहक्षेत्र ८ को  वडा सदस्य नबिना बि.क ,बराहक्षेत्र -३ को वडा अध्यक्ष राजदिप लामा,स्थानीय प्रहरी , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेल दोस्रो दिनको प्रतियोगिता गराइएको थियो। पालिका स्तरीयखेलमा बराहक्षेत्र भरिको ८ वटा वडाको  सहभागिता रहेकोे थियो । अब भोलि फाइनल खेल र  तृतीय स्थानको लागि खेल निरन्तर रूपमा खेलाइने छ ।

चौखाेल युवा क्लबको आयोजनामा भएको यस प्रतियोगिता असोज २४ गते फाइनल खेल हुनेछ आयोजकले जनाएको छ ।

यश खेलको मुख्य प्रायोजक बराहक्षेत्र ९ र सहायक प्रायोजक बराहक्षेत्र ८ र बराहक्षेत्र नगर खेलकुद बिकास समिति रहेकोे छ ।

प्रतियोगिताको समापन समारोह असोज २४ गते हुनेछ, जहाँ विजेता उपबिजेता , र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिने छ।साथै बिधागत रूपमा उत्कृष्ट खेलाडिहरुलाइ मायाको  प्रदान गरिने छ । यस प्रतियोगिताले युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व विकास र सहकार्यको भावना जगाउने लक्ष्य लिएको छ भनी आयोजकका सचीव मौसम  राईले जानकारी दिएको छ ।