छविराज ढकाल 

पथरिशनिश्चरे / बेलबारीमा भएको ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले उचालेको छ । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापाले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाले सिराहालाई ५–३ गोल अन्तर हराउँदै उपाधि जितेको थियो। जितसँगै झापाले ८ लाख रुपैयाँ र उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गरे । झापाका दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सिराहाका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए । 

WhatsApp Image 2024-10-26 at 22.23.25_583db73e

खेल मध्यान्तरअघि दुवै टोली गोलरहित बराबरीमा खेलका थिए । ५० औं मिनेटमा सिराहाका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको प्लेयर अफ द म्याच झापाका अभिषेक गुरुङले ५ हजार र ट्रफी प्राप्त गरे ।

त्यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोलरक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे ।उपाधि सिराहाका अजयी मार्टिनले सर्वाधिक गोलकर्ता, समिर तामाङले उत्कृष्ठ फरर्वाड हुँदै जनही ७ हजार नगद र ट्रफी प्राप्त गरेका थिए ।

 कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, लगायतले खेलाडीहरूलाई पुरस्कृत गर्नुभएको थियो।

WhatsApp Image 2024-10-26 at 22.23.14_937966a6