भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पदयात्रा सहित अनुगमन गरेको छ । 

भोजपुरको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्ण भोजपुरले पर्यटन पत्रकार र जनप्रतिनिधिहरू सहितको ३५ जनाको टोलीले मुन्धुम ट्रेलको पदयात्रा गरेको छ ।  कात्तिक ४ गते चखेवाबाट यात्रा सुरू गरी कात्तिक ९ गते समापन भएको थियोे ।

६ दिनको यात्रामा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी , पत्रकार सहितको ३२ जना टोलिले ४ हजार १ मिटर ५४ मिटरको उचाइमा रहेको साल्पा सिलिचुङको चुचुरोमा पुग्न सफल भएको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका  अन्नपुर्ण  भोजपुरले कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार : टेम्केमैयुङ विकासको आधार" भन्ने मुल नाराका साथ गाउँ अगाडि बढिरहेको छ ।

 मुन्दुम ट्रेलको पर्यटन प्रवर्द्धनार्थको पर्यटन पत्रकार र जनप्रतिनिधिहरू सहितक पदयात्रा कार्यक्रमले मुन्धुम ट्रेलको पर्यटन प्रवद्धनमा ठुलो भुमिका ख्ल्ने पर्यटन व्यवसायी तथा कार्यक्रम संयोजक विबेक किरातीले बताउनुभयो । IMG-20241024-WA0027

कार्यक्रमले मुन्धुम ट्रेललाई विश्व भरि चिनाउन र पर्यटनको कमि कमजोरी पत्ता लगाई सच्चाउन महत्त्वपूर्ण सहयोग गर्ने गाउँपादिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।  स्थलगत पदयात्राको क्रममा देखिएका समस्याको समाधानमा पहल थाल्ने गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

यात्राका क्रममा गाउँपालिकाले स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, सौचालय, र अन्य संरचनाहरूको निर्माणलाई प्राथमिकता दिँने भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो ।  

मुन्धुम पदमार्गमा आउने पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउन चखेवामा निर्माण भइरहेको पर्यटन सूचना केन्द्रको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका उपाध्यक्ष रमा देवी राईले जानकारी दिनुभयो । सूचना केन्द्रले पदयात्रीहरूलाई मार्गनिर्देशन, जानकारी, र सेवा सुविधा प्रदान गर्नेछ।IMG_8676

 ट्रेलमा टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँगै तीन वटै तहका सरकारले यो क्षेत्रको विकासमा जोड दिएका छन् ।

मुन्धुम ट्रेल २०२५ लाई "मुन्धुम ट्रेल भ्रमण वर्ष"मा १ लाख पर्यटन भित्राउने उदेश्य सहित यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेलेको छ ।

भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई विश्वभरि चिनाउन  अद्वितीय प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक सम्पदा र पैदलयात्राका लागि उपयुक्त पदमार्ग भएकोले यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ लाई "मुन्धुम ट्रेल भ्रमण वर्ष" घोषणा गरिएको छ। मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।

टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।IMG-20241025-WA0085

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ।

पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ । चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ ।

पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक-सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन् । पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन् ।IMG-20241025-WA0078