इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समुह ’क’ अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको छ । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम बिजयी भए भने राजकुमार राइ र राम तामाङको टिम उपबिजेता बन्यो ।  तीन समुह चरणमा भएको प्रतियोगितामा ख समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गिता तामाङले चित्त बुझाए । त्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम बिजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको बिजेताले नगद १० हजार र ट्रफि ,उपबिजेताले नगद ५ हजार र ट्रफि प्राप्त गरे । खेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्य सँगै सकरात्मक बनाउने बताउनुभयो । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउदै मेयर पौडेलले नगरबासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गर्नुभयोे । क्लबका अध्यक्ष मेमकुमार राइले जनस्तरको बृहत सहभागीतामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढि खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताउनुभयो । कार्यक्रमको संयोजन तरहराका उत्कृष्ट खेलाडीहरु जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, रमेश लामिछाने, अनिल अधिकारी, अनिल निरौला, उत्तम राइ लगायतले गरेका थिए । खेलमा १ सय १३ खेलाडी सहभागी थिए ।