इटहरी । सञ्चारकर्मी बीचको एकता र सहकार्यलाई सुदृढ बनाउन धरानमा प्रेस चौतारी नेपाल सुनसरीको आयोजना तथा नेपाल खेलकुद महासंघ सुनसरीको समन्वयमा एकदिवसीय मैत्रीपूर्ण फुट्सल र चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा एमाले सुनसरीका इन्चार्ज तथा पुर्व मन्त्री जगदीश कुशियैतको उपस्थिति रहको थियो । मैत्रीपूर्ण फुट्सल खेलमा प्रेस चौतारी नेपाल सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीका टोलीहरू आमनेसामने भएका थिए । रोचक र प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघले जीत हासिल गर्न सफल भयो । कार्यक्रमको दौरान अध्यक्ष प्याकुरेलले खेलले पत्रकारहरूको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने बताइउनुभयो । प्रमुख नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राइले यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भन्डारी कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, बिजय राई, यसोदा कायस्त प्रेस चौतारी सुनसरी इन्चार्ज टिकाराम माङलेन, इन्द्रकला राइ, जयकुमार राइ लगायत बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मैत्रिपुर्ण फुट्सल खेल र चियापान कार्यक्रमको संयोजनले पत्रकारहरूबीचको सहकार्यलाई अझ सुदृढ गर्न, खेलकुदको महत्त्वलाई प्रवर्द्धन गर्न, र सामाजिक एकतालाई प्रगाढ बनाउने नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेलले बताउनुभयो ।


