बराहक्षेत्र / चौखोला युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र ९ मा रहेको मङोलियन चौक चौखोलामा देउसी भैलो सांस्कृतिक कार्यक्रमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समापन समारोह मा चौखोला युवा क्लबका अध्यक्ष दिपक राई सभापति रूपमा थिए भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र -८ वडाका वडा अध्यक्ष रोशन खड्का रहेका थिए , विशिष्ट अतिथिका रूपमा बराहक्षेत्र नगरपालिका कार्यपालिका सदस्य एवं वडा सदस्य वडा ९ र ८ का भगवती खड्का र नबिना खड्का र अतिथिका रूपमा चतुरलाल चौधरी लगाएत स्थानीय समाज सेवि बुद्धिजीवी ब्यक्ति हरुको उपस्तिथि मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।साथै कार्यक्रममा स्थानीय हरुको बाक्लो उपस्तिथि रहेकोे थियोे ।

यस देउसी भैलो कार्यक्रमले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेट्दै स्थानीय कलाका पक्षहरूलाई उजागर गर्दै आएको छ । कार्यक्रममा स्थानीय कलाकारहरूले देउसी भैलोका पारम्परा झल्काउने  गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सास्कृतिक कार्यक्रममा  बालबालिका, युवा र वृद्धसमेतको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै उत्साहपूर्ण बनायो।

चौखोला युवा क्लबका अध्यक्ष तथा अन्य क्लबका पदाधिकारीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृतिको संरक्षण र सम्बर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रमुख अतिथि रोशन खड्काले भने  "हाम्रो संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्छ। यसले स्थानीय युवाहरूलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न सिकाउँछ।"

समापन समारोहमा सहभागी अतिथि गण लाई मायाको चिनो र सबैलाई कलकार लाई संमान स्वरुप प्रशंसा पत्र,उत्कृष्ट कलाकार लाई मायाको चिनो सहित  माला र टिका प्रदान गरियो।जसले उनीहरूलाई आगामी दिनहरूमा पनि यस्तै गतिविधिमा संलग्न हुन हौसला प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीय ब्यक्ति , समाजसेवी तथा क्लबका सदस्यहरूले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने पुर्याएको थियो ।

चौखोला युवा क्लबले आगामी दिनहरूमा पनि यस्तै सांस्कृतिक,  कार्यक्रमको आयोजना गर्दै स्थानीय समुदायलाई एकताबद्ध गर्ने योजना बनाएको आयोजकले जानकारी दिएको छ।

चौखोला युवा क्लबले प्रत्येक वर्ष देउसी भैलो मार्फत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रमले स्थानीय कला र संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा सहभागी बालबालिका र युवाहरूले देउसी भैलो प्रस्तुत गर्दै सांस्कृतिक झलक प्रस्तुत गरेका थिए।

कार्यक्रममा चौखोला युवा क्लबका प्रतिनिधिहरूले स्थानीय संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका सचिब मौसम राइले बताए। उनीहरूले यस्ता गतिविधिले युवा पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति गर्वको भावना उत्पन्न गराउन मद्दत पुग्ने आयोजकको भनाइ रहेकोे छ ।