इटहरीकी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई अन्तर्राष्ट्रिय निर्णायक बनेकी छिन्।
काजकिस्तानको अस्थानामा भएको विश्वभरिका खेलाडी हरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै प्रथम निर्णायक बन्न सफल राई १३औ साफ गेममा स्वर्ण पदक विजेता बनेकी थिइन् ।
अन्तर्राष्ट्रिय खेलहरूमा समेत आफ्नो कुशल प्रतिभा देखाइसकेकी राई तेक्वान्दो खेलमा लगनशील भएर आफ्नो देशको नाम बिश्वमा चिनाउन अघि बढिरहने बताइन।


