तेह्रथुम / नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन् ।
४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।
एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् । अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।



