इटहरी।  मोरङको सुन्दरहरैचा नगरपालिका ५ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आइतबार दिउसो इटहरीबाट गछियातर्फ जादै गरेको बा प्र ०८००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा ४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।हायस र हायस चालक झापा भद्रपुर नगरपालिका ८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।