इटहरी / सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका  मनाएको भएको छ। 

कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सो साधारणसभाको उद्घाटन गर्नुन भएको हो । साधारणसभामा माया घर नेपालले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन, एक इट्टा अभियानलाई थप प्रभावकारी बनाइने विषयमा छलफल भएको थियोे ।

कार्यक्रममा संस्थामा अहोरात्र खटिने कर्मचारीदेखि सामाजिक व्यक्तित्वगरि ४ जना  सम्मान गरिएको थियोे । साधारणसभाकै अवसरमा माया घरले अहिलेसम्म गरेको सडक मानव उद्धारका गतिविधि लगायत सम्पूर्ण विवरणहरू  मायाघरकी अध्यक्ष सुभद्र प्‍याकुरेलले सार्वजनिक गर्नु भएको थियोे । 

कोशी प्रदेश सरकारले माया घरलाई आवश्यक परेको बेला साथ र सहयोग गर्ने कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलेबताउनुभयो ।

खर्च जुटाउन हालसम्म स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सहयोगी दाता व्यक्तिहरूको सहयोगमा व्यवस्थापन हुँदै आएको संस्थाकी अध्यक्ष सुबद्रा प्‍याकुरेले बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारी,इटहरी उपमहानगरपालिका पुर्व उप प्रमुख लक्ष्मी गौतम , कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना,विभिन्न संघ संस्थाका पदाधिकारीहरू , माया घर नेपालका पदाधिकारीहरू, प्रहरी ,सशस्त्र ,समाजिक व्यक्तित्व लगाएतको सहभागीता रहेको थियोे ।

२०७४ सालमा पूर्वको हरितनगरी इटहरीमा स्थापना भएको ‘माया घर नेपाल’ मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरूको उद्धार र सेवामा समर्पित रहँदै आएको छ।

इटहरी-२ मा अवस्थित माया घरद्वारा हालसम्म १० हजारजना भन्दा बढी बेसहारा मानिसहरूको पुनःस्थापना तथा पारिवारिक मिलन भइसकेको छ। हाल संस्थामा करिब १५० जनाले आश्रय लिइरहेका छन् । आश्रयमा बस्नेहरूमा हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरू रहेका छन्। माया घरले एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाउदै आएको छ ।