सुनसरी /  नेकपा एमाले गढी गाउँपालिका वडा नम्बर ६ का चितनारायण खेरवारले आफूले मात्र पार्टी छोडे पनि  नेकपा एमाले गढीका २१३ कार्यकर्ता पार्टी परित्याग गरेको भन्ने भ्रामक कुरा सामाजिक सञ्जालहरूमा दिएको कार्यको भत्सना गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ गढी गाउँपालिका वडा नम्बर ६ को २०८१ मंसिर  १६ गते को उपनिर्वाचनमा पार्टी वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले पार्टी को नीति योजना र कार्यक्रम सबैको विपरीत हुनेगरी नेकपा एमालेका उम्मेदवार सन्तु राउत लाई हराउन भूमिका निर्वाह गरिरहँदा खेरि सो कुरा पार्टीले थाहा पाएर उनलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने प्रक्रिया सुरु गरेको थाहा पाएर पार्टीका सम्पूर्ण कार्यकर्ताहरूले पार्टी छोडेको भने भ्रमपूर्ण विज्ञप्ति निकालेर पार्टी कार्यकर्ता तथा समाजलाई भ्रममा राख्ने कोसिस गरेकोले सम्पूर्ण नेकपा एमालेका समर्थक शुभचिन्तक तथा कार्यकर्ता संगठित सदस्यहरूलाई तथ्यहीन कुराको भ्रममा  नपर्न नेकपा एमाले गढी पालिका कमिटी आग्रह गर्दछ भनेर नेकपा एमाले गढी गाउँपालिका कमिटी सुनसरी अध्यक्ष दीपक कुमार चौधरीको हस्ताक्षर सहितको विज्ञप्ति निकालिएको छ।