सुनसरी- इटहरीमा कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा आजदेखि प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ४ सय बढी खेलाडीहरूले सहभागितामा कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरू भएको छ ।
उद्घाटन खेल इटहरी रङ्गशाला परिषरको कवर्डहलमा प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धामा आयोजना गरिएको थियोे ।
कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।
प्रतियोगिताको प्रथम टिमलाई १५ हजार पुरस्कार दोस्रोलाई १० हजार पुरस्कार र तेस्रोलाई ५ हजार पुरस्कार दिने आयोजक टिमका संयोजक सतिस काफ्लेले जानकारी दिनु भयो ।
खेलाडीहरूलाइ खेल क्षेत्रमा प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय स्थरमा खेलाडी पुर्याउनु खेलले महत्त्वपूर्ण सहयोग गर्ने आयोजका अध्यक्ष कुमार गुरुङले बताउनुभयो ।
करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल प्रदान गरिने भएको हो । भोलि शनिबार इटहरी उपमहानगरपालिका -६ वडा अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने भएको छ ।
प्रदेशका विभिन्न जिल्लाका धेरै खेलाडीहरू बिच प्रतिस्पर्धा हुँदा क्षमतावान् खेलाडी निस्कने भएकाले विगतका वर्षहरूमा नगर स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको डोजाङले यस वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको हो ।
तेक्वान्दोका विभिन्न राष्ट्रिय तथा अन्ताराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको इटहरीमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दा स्थानीय सरकारको सहयोग नपाएको अध्यक्ष गुरुङको गुनासो छ ।


