इटहरी । प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजनामा नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपु सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना  सम्पन्न भएको हो । प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल भएका थिए भने सिनियर तर्फ क्रमशः पहिलो रेडस्टार  अंग्रेजी माध्यमिक बिद्यालय पहिलो र एभरेष्ट बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि  पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले प्रतियोगिताका पुरस्कृत विद्यालयका छात्र छात्राहरूलाई ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगितामा नगर भित्रका विभिन्न संस्थागत विद्यालयहरूका जुनियर तर्फ ११ र सिनियर ५ वटा सहित कुल १६ वटा नृत्यहरू प्रस्तुत गरिएका थिए । नगर कार्य समिति पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल,  , पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका  प्रमुख   डिएसपी मोहनविक्रम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन पथरी शनिश्चरे नगरका सचिव सुजन बास्तोलाले गर्नुभएको थियो ।