इटहरी । पथरी शनिश्चरे वडा नं २ मोरङ्गले शनिबार ईलामको पाथिभरा मन्दिर सहित विभिन्न स्थानहरूमा आफ्नो वडाका जेष्ठ नागरिकहरूलाई तिर्थ भ्रमण  गराएको छ । शनिबार वडा कार्यालयले आफ्नो जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम अन्तर्गत ईलामको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरको दर्शन गराउनुका साथै फिक्कल बजारमा भोजन गराएको हो। उहाँहरूलाई कन्याम पनि अवलोकन गराईएको थियो । मुख्यतः बोक्रे चोक ,देवीगंञ्ज र बुद्ध चोक गरी  वडाका विभिन्न स्थान र टोल बस्नु हुने ८० जना वृद्ध वृद्धाहरुलाई तिर्थयात्रा गराईएको  वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो । उक्त अवसरमा ७० वर्षदेखि ९० वर्ष सम्मका वृद्ध वृद्धाहरुले तिर्थयात्रा गर्नुभएको हो ।