इटहरी /  जनता बहुमुखी क्याम्पसको कक्षा १२ इकाई समितिले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूको सम्मानमा स्वागत तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का वर्तमान अध्यक्ष नवीन दाहाल रहेका थिए। विशेष अतिथिहरूमा जनता क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेल र +2 इनचार्ज उपेन्द्र राई रहनुभएको थियो। त्यसैगरी, कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षकगण, अखिल क्रान्तिकारी जनता क्याम्पस कमिटीका अध्यक्ष सुवास खत्री, ईटहरी नगर कमिटीका अध्यक्ष सुगम सुवेदीलगायत अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, गजल, कविता तथा अन्य विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन अशोक चौलागाईंले गरेका थिए भने संयोजन मनोज खड्काले गरेका थिए।

नवआगन्तुक विद्यार्थीहरूले जनता क्याम्पसमा अध्ययन गर्न पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको अनुभूति व्यक्त गरेका थिए।