सुनसरी / बराहक्षेत्र नगरपालिका वडा नम्बर-८ मा रहेका दुई विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी भिम कट्वालले न्यानो कपडा वितरण गर्नु भएको छ। बराहक्षेत्र वडा नम्बर-८ दोभानस्थित सुनसरी रामधुनी आधारभूत विद्यालय र गलफडियास्थित सुनसरी आधारभूत विद्यालयमा अध्ययनरत १२५ थान विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गर्नु भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन सुनसरी क्षेत्र नम्बर-४ का प्रतिनिधि समेत रहेका कट्वाल लोकप्रिय युवा नेता, समाजसेवी, र बुद्धिजीवीका रूपमा परिचित उहाँ । यस सामाजिक कार्यका लागि उहाँले आफ्नो व्यक्तिगत लगानीमार्फत समाजमा उदाहरणीय सहयोग पुर्‍याउनु भएको छ ।

समाजसेवी कट्वालले बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रूपमा सामाजिक काम गर्दै आइरहनु भएको छ । सामाजिक कामको क्रममा उहाँले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । कट्वालले भन्नू भयो "भविष्यमा राजनीतिक गतिविधिसँगै समाजको हितमा विभिन्न समाजको वृद्धि विकास  र सामाजिक सेवाका कामलाई निरन्तरता दिनेछु।"

उहाँले विशेषगरी बराहक्षेत्र नगरपालिका लगाएत अन्य क्षेत्रमा बालबालिका , युवा बर्ग , एकल महिला, आर्थिक रूपमा कमजोर परिवार, र विपन्न वर्गका मानिसहरूको सहयोगका लागि व्यक्तिगत र संघसंस्थाहरूको सहकार्यमार्फत काम गर्न प्रतिवद्धता गर्नु भएको छ ।IMG-20241210-WA0014

बराहक्षेत्र नगरपालिका वडा नम्बर-८ मा रहेको दुई वटा विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की , वडा नम्बर-८ का वडा अध्यक्ष रोशन खड्का , समाज सेवि भिम कट्वाल ,दिवान सिंह राई, बिधालय ब्यवस्थापन समिति अध्यक्ष , बिधालय प्रध्यानध्यापक ,शिक्षक,अभिभावक, विद्यार्थी ,युवा नेता शैक्षिक एवं बौद्धिक ब्यक्ति कर्मायो फाउन्डेसनका संयोजक सौरभ रिमाल ,नेपाल राइजिङ का संयोजक प्रा.अ.डा.आराती मलेकु, लगाएत अन्य को बाक्लो उपस्तिथि मा बिद्यार्थी लाई न्यानो कपडा बितरण गर्नु भएको हो । साथै भिम कट्वालको यो कदमले समाजसेवी र युवा नेतृत्वको क्षेत्रमा एउटा प्रेरणादायक उदाहरण प्रस्तुत गरेको छ ।