विराटचाेक: मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसीजको अध्यक्षमा आकाश दुलाल सर्वसम्मत चयन भएका छन्। उनी वर्ष २०२५ को अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै कार्यकारिणी उपाध्यक्षमा निर्मल अधिकारी र झमक कार्की चयन भएका छन् । उपाध्यक्षहरूमा सन्जित अग्रहरी, माैषम रिजाल र दिवस रिजाललाई चयन गरिएको छ ।
यसैगरी जनसम्पर्क अधिकारी शौरभ ढकाल भएका छन् भने जुनियर जेसीजको अध्यक्षमा आयुष अधिकारी सर्वसम्मत चयन भएका छन्।


