समीर दुलाल

इटहरी / नेपाल प्रहरीले बढि यात्रु बोकेका ११ वटा सार्वजनिक बसलाई कारबाही गरेको छ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेको हो। इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित ट्राफिक प्रहरी पाेष्ट तरहराका प्रमुख प्रहरी सहायक निरीक्षक नारायण प्रसाद लुइँटेलकाे नेतृत्वमा साे बसहरुलाइ कार्बाही गरेकाे हाे । विषेश गरि पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनहरु कार्वाहीमा परेका हुन जुन राताे बसकाे उपनामले बढि परिचित छन । 

ट्राफिक नियम विपरीत अधिक यात्रु बोकेर सवारी गर्ने बसहरूले यात्रुको जीवनलाई जोखिममा पारिरहेको पाइएपछि प्रहरीले कारबाही अघि बढाएको छ। यस कदमले सवारी साधनले तोकेको यात्रु संख्या भन्दा बढी यात्रु राखेर यात्रा गर्ने प्रचलनलाई रोक्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार, कारबाहीको क्रममा सवारी चालकहरुलाई ट्राफिक नियमको पालनाको महत्व र बढी यात्रु बोक्नाले हुनसक्ने दुर्घटनाको जोखिमबारे जानकारी गराइएको छ। IMG-20241216-WA0014

सार्वजनिक बसहरूले तोकेको सीमा भन्दा बढी यात्रु बोक्न नपाइने नियमको पालन गर्नु अत्यावश्यक छ। यो यात्रुको सुरक्षासँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो। आगामी दिनमा पनि यस प्रकारको नियम उल्लंघन गर्ने सवारी साधनलाई कडा कारबाही गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनु भएकाे छ ।IMG-20241216-WA0013

सवारी चालकहरूले तोकिएको यात्रु संख्या भन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको कडाइका साथ पालन गर्न पनि उहाले आग्रह गर्नु भएकाे छ  ।  ट्राफिक प्रहरीले नियमित रुपमा सवारी साधनको जाँच गर्ने र नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही जारी राख्ने प्रतिबद्धता जनाएको छ। यस प्रकारका कारबाहीले सवारी साधनमा हुने अनियमिततालाई न्यून गर्ने र सवारी दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्ने विश्वास लिइएको छ। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले आ-आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ।IMG-20241216-WA0012