इटहरी / कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको आयोजनामा कोपोमिस सम्बन्धी  आइतबार देखि तिन दिने तालिम सुरु भएको छ ।

तालिम इनरुवा स्थित प्रदेश कार्यालयमा गरिएको हो, जसमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिहरू सहभागि भएका छन् । तालिमको मुख्य उद्देश्य “सहकारीमा सुशासन प्रविधि र एकीकरण“ भन्ने नारासँग सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को कार्यान्वयनलाई मजबुत बनाउनु हो । तालिम यहीँ पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।

सहकारी नियमावली २०७५ को धारा ७२(२) अनुसार प्रत्येक सहकारीले कोपोमिसमा आबद्ध भई वार्षिक र मासिक गतिविधिहरू तयार गरी नियामक निकायमा पठाउनु पर्ने हुन्छ ।

यस तालिमले सहकारी क्षेत्रका कर्मचारीलाई कोपोमिस प्रणालीमा दक्ष बनाउने उद्देश्य राखिएको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका सुचना अधिकारी मनोज कार्कीले बताउनु भयो । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले यस तालिम मार्फत सहकारी संस्थाहरूको व्यवस्थापनमा सुधार र सुशासनको प्रवर्धन गर्ने अपेक्षा गरेको छ ।IMG-20241222-WA0005