बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मा रहेको श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्था को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाको सभापतिको रूपमा यस सहकारी संस्थाको अध्यक्ष धनमाया खड्का कार्की रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की रहनु भएको थियो । विशिष्ट अतिथीको रूपमा बराहक्षेत्र नगरपालिका सहकारी शाखा प्रमुख मातृका तिवारी ,अतिथिका रूपमा गाउँबेशी कृषि सहकारी संस्थाका अध्यक्ष रबिन कुमार घिमिरे, रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश कुमार पौडेल , पिपलबोटे बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी , सरस्वती महिला साकोस का अध्यक्ष कलम दाहाल स्थानीय प्रहरी इन्चार्ज लगाएत अन्य यस सहकारी संस्थाका संन्चालक समितिका पद अधिकारिहरु , कर्मचारी , सेयर सदस्य लगाएत शैक्षिक बौद्धिक ब्यक्तिहरुको बाक्लो उपस्तिथिमा यस संस्थाका कर्मचारी सुस्मिता पराजुली ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यस सहकारी संस्थाले गत बर्ष रु ६ लाख ८७ हजार ३ सय ५७ रुपैया खुद नाफा गरेको थियो भने यस बर्ष ९ लाख ४० हजार ९ सय २४ रुपैयाँ जम्मा खुद नाफा गर्न सफल भएको छ । यस सहकारीले असल ऋणीकर्ता जम्मा -७ जना असली बचतकर्ता - ३ जना , सदस्य बिस्तार गरेबापत ३ जना लाई सम्मान गरेको छ । साथै  एस .इ.इ. मा उत्कृष्ट अंक ल्याउने २ जना सेयर सदस्यको छोरा छोरी लाई हौसला स्वरुप रु ३००० का दरले प्रदान गरि सम्मान गरेको छ ।IMG-20241225-WA0042

हाल यस सहकारी संस्थामा ५१० जना सेयर सदस्य रहेकोे छ । त्यस मध्ये २७० जना सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालीम जस्ता अन्य सामाजिक कार्यमा सक्रिय रहेकोे र भाबी दिनमा यस सहकारीको वृद्धि बिकास प्रती निरन्तर रूपमा लागिरहने भनी अध्यक्ष धनमाया खड्का कार्कीले बताउनु भयो । यस वार्षिक साधारणसभाले सहकारीको आर्थिक र सामाजिक प्रगतिको समीक्षा गर्दै भाबी योजना निर्माण गरि सम्पूर्ण सेयर सदस्यहरूको हकहितका लागि निरन्तर काम गर्ने श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्थाले जनाएको छ ।