भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा छिनामखु कप (दोश्रो संस्करण) मुन्दुम कप–२०८१ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। छिनामखु युवा समाजको आयोजनामा र टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने यो प्रतियोगिता मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजित हो।

प्रतियोगिता पुस २२ गतेदेखि २७ गतेसम्म श्री कुलङ्ग मलुवा सामुदायिक खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन समारोह पुस २२ गते बिहान १० बजे हुनेछ भने समापन समारोह पुस २७ गते दिउँसो १० बजे आयोजना हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,२५,०२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय हुने टिमले नगद रु. ७५,०२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलसम्म पुग्ने टिमले नगद रु. १०,०२५ पाउनेछन्।

समापन समारोहका दिन टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाबीच मैत्रीपूर्ण महिला फुटबल खेल समेत आयोजना गरिनेछ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमको दौरान लोपउन्मुख मौलिक सामाग्रीहरू, मुन्दुमी सांस्कृतिक कला, चित्रकला र हस्तकलाको प्रदर्शन तथा किराँत र नेवारी परिकारहरूको स्टल सञ्चालन गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले मंसिर १८ गते साँझ ५ बजेभित्र दर्ता गरिसक्नुपर्नेछ।

सम्पर्क:

सायद श्रेष्ठ: १७४२४९४२१६

रविन राई: ९८४२१११२४४, ९८४०९८६५१७