इटहरी – कोशी प्रदेशमा क्रिकेटको माहोल तात्दैछ। e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिप अन्तर्गत कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ र १६ गते इटहरीमा आयोजना हुँदैछ। HypeYeti Events को व्यवस्थापनमा हुने यस प्रतियोगितामा क्षेत्रका उत्कृष्ट ६ कलेजले राष्ट्रिय फाइनलमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता नेपाल डीभीएम ग्लोबल एकेडेमी स्कूल को मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। यो T10 ढाँचामा खेलाइनेछ, जसले तीव्र र रोमाञ्चक खेल अनुभव प्रदान गर्नेछ भने राष्ट्रिय फाइनल T20 ढाँचामा हुनेछ।

e-Planet का क्षेत्रीय प्रमुख सूर्यप्रसाद चाम्लागाईंले यो प्रतियोगिता नेपाली क्रिकेट संस्कृतिलाई प्रवर्द्धन गर्ने र खेललाई लोकप्रिय बनाउन आयोजना गरिएको बताए। सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपि पौडेलले पनि यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताएका छन्।

आयोजकहरूले सम्पूर्ण क्रिकेटप्रेमीहरूलाई खेल हेर्न र आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न निमन्त्रणा गरेका छन्। यो रोमाञ्चक प्रतियोगिता खेलप्रेमीहरूका लागि अविस्मरणीय अनुभव हुनेछ।