सुनसरी | संखुवासभाको मादी नगरपालिका २, पुर्खेउलि निवासी ड्रिल्ली मान थापाका छोरा मिलन थापा, केही समय अघि मात्रै वैदेशिक रोजगारबाट फर्केका थिए, अचानक बोल्न नसक्ने भए् । २९ वर्षीय मिलन मंसिर १४ गते राति सामान्य रूपमा सुतेका थिए तर विहान उठ्दा बोल्न सकेन्न । परिवारका अनुसार, बोलि नआए पछि मिलनको स्वास्थ्य समस्या सुरूमा घरमा नै धामी झाँक्रीको उपचारबाट समाधान गर्न खोजिएको थियो, तर थापाको अवस्था अझै नाजुक देखिदै आयो । बोल्न नसक्ने समस्याले परिवारलाई चिन्तित पारेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा परीक्षण गर्दा थापालाई टाउको सँग सम्बन्धित गम्भीर समस्या रहेको पत्ता लाग्यो । उक्त समस्याबाट मुक्त गर्न थापालाई २० दिन अस्पतामा राखिएको थियो भने १० दिन आइसियुमा राखेर उपचार गरिएको विरामी थापाका श्रीमती संगीत थापाले बताइन् ।
उपचारका लागि नोबेल अस्पताल लगिएको थियो भने उपचारका क्रममा १० लाख रुपैयाँ खर्च पुगेको परिवारको भनाइ छ । थापाको स्वास्थ्य समस्या १७–१८ वर्षको उमेरदेखि देखिन थालेको भएता पनि, उनले औषधि खाएर आफ्नो जीवन यापन गरिरहेका थिए । तर हालको समस्याले उनको परिवारलाई मानसिक र आर्थिक दुबै दृष्टिले ठूलो दबाबमा पारेको छ । मिलन थापाका श्रीमती संगिता थापा र उनकी छोरीसँगै अहिले बराहक्षेत्र नगरपालिका वडा नं. ७, देबि घाटमा एउटा टहरा बनाएर बस्दै आएका छन । परिवारको भनाइ अनुसार, कठिन समयमा उपचार खर्च जुटाउन र भविष्यका लागि आवश्यक सहयोग प्राप्त गर्नका लागि उनीहरूलाई सहयोगको आवश्यकता छ ।
मिलन थापाका परिवारका सदस्यहरूले स्थानीय समाजसँग सहयोगको अपील गरेका छन् । उनीहरूका अनुसार, थापाको उपचार र दीर्घकालीन स्वास्थ्य समस्याका लागि थप आर्थिक सहायता जुटाउन आवश्यक छ । यस कठिन समयमा मिलन थापालाई पुनः स्वस्थ्य अवस्थामा फर्काउन सहयोग पुर्याउने व्यक्तिहरूको आवश्यकता छ ।
थापालाई सबैले एकजुट भएर सहयोग गर्न आवश्यक छ ताकि थापाले स्वस्थ र सामान्य जीवन यापन गर्न सकुन् ।


