तेह्रथुम | कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।

कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला , निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।

त्यस्तै , जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लामा रहेका सक्रिय खेलकुदकर्मीसँग अन्तरक्रिया गर्दै सदस्य सचिव बस्नेतले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले अधिकतम पदक जित्ने गरि तयारीमा केन्द्रित रहेको बताउनु भएको थियो।FB_IMG_1735730567215

बस्नेतले तयारीको क्रममा जिल्लाहरुमा केही समस्या देखिए बोर्डले तत्काल समाधानको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।FB_IMG_1735730577352