संखुवासभा । मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् ।

मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु. २१,१११ मेडल सहित प्रदान गरिनेछ ।

महिला फुटबलतर्फ प्रथम स्थानका लागि नगद रु. २०,००० र दोस्रो स्थानका लागि नगद रु. १०,००० को व्यवस्था गरिएको छ । पुरुष भलिबल तर्फ प्रथम स्थानलाई नगद रु.४०,००० र दोस्रो स्थानलाई रु. २५,००० प्रदान गरिनेछ । यस्तै, नृत्य प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः रु. १५,००० र रु. १०,००० नगद पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।


WhatsApp Image 2025-01-01 at 18.23.09_748840ea


खेलहरू नकआउट आधारमा खेलाइनेछन् भने सहभागी खेलाडीहरूले खाने–बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएका टोलीलाई अयोग्य ठहर गर्दै प्रतिस्पर्धीलाई विजयी घोषणा गरिने नियम लागू गरिएको खेल संयोजक रञ्जन कार्कीले जानकारी दिए । 

प्रतियोगिता माघ २५ गतेदेखि सुरु हुने छन् । नृत्य प्रतियोगिता भने माघ २७ गते क्लबको खेल मैदानमा सञ्चालन हुनेछ । बुद्धिमान  लिम्बुले सम्पूर्ण खेलाडी, खेलप्रेमी र स्थानीय समुदायलाई मेलामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्  । खेलकुद र संस्कृतिको यो मिश्रणले समुदायमा एकताको सन्देश दिने र  प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान गर्न सहयोग पुर्याउने विश्वास गरिएको क्लवका अध्यक्ष पासाङ शेर्पाले बताए । 

 विस्तृत विवरण तल जस्ताको त्यस्तै : 


WhatsApp Image 2025-01-01 at 18.23.08_129e3fd3