इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले शनिवार आपगाछिदेखि हलगडासम्मको क्षेत्रलाई फोहोर मुक्त बनाउन बृहत् सरसफाइ गरेको छ ।
यो अभियानले स्थानीय समुदायको सहभागितामा क्षेत्रको सौन्दर्य बढाउनुका साथै सफा र हराभरा इटहरी बनाउने लक्ष्य राखेको छ । इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को नेतृत्वमा कार्यक्रममा कोशी राजमार्गको इटहरीको आपगाछि देखि हलगडा सम्म इटहरी युथ ओपन क्यु, विभिन्न संघसंस्था, आमा समूह, युथ क्लब र स्थानीय टोलवासीहरूको उल्लेखनीय योगदानमा सरसफाइ गरिएको थियो । आगामी दिनमा पनि सरसफाइ कार्यक्रम निरन्तरता हुन आवश्यक रहेको इटहरी युथ ओपन क्यु की स्काउटर मास्टर पुष्पा कटुवालले बताउनुभयो । इटहरी युथ ओपन क्युले विभिन्न काम गर्दै आएको उहाँको भनाइ छ ।
सरसफाइ अभियानलाई निरन्तरता दिन आवश्यक रहेको स्थानीयहरूको भनाइ छ । सरसफाइ अभियान निकै राम्रो भएको स्थानीयवासीहरू बताउछन् ।
सरसफाइ कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै वडा अध्यक्ष कार्कीले भने वडा कार्यलयले वडालाई फोहोर मुक्त बनाउन निरन्तरता दिने बताउनुभयो । कार्यक्रम सफल बनाउन समय र श्रम दिएका सबैलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सफा र हरित शहरको अभियानलाई निरन्तरता दिन स्थानीय सरकार, समुदाय, र संघसंस्थाहरूले एकजुट भई काम गरिरहेका छन् । इटहरीलाई सफा, हरित र स्वस्थ बनाउने यो अभियानले थप सकारात्मक प्रभाव पारेको विश्वास व्यक्त गरिएको छ ।
आपगाछि देखि हलगडा सम्मका सरसफाइ अभियानमा विभिन्न टोल विकास संस्था, वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि. इटहरी , नेपाल तरुण दल सुनसरी, नेपाली काँग्रेसका नेताहरू,विभिन्न राजनीतिक दलका पदाधिकारी,प्रहरी अन्य संघसंस्थाहरूकोे उपस्थिति सरसफाइ गरिएको थियोे ।


