इटहरी । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराटनगरको ड्र्ग्रिी क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । डिजिटल कोशी, ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेण्ट भन्ने नारा सहित आयोना हुन लागेको एक्स्पोको बारेमा जानकारी गराइएको थियो । सो एक्स्पोमा २ सय ६८ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा बिराट बजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथुन, रोजगार कोशी, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने छन् । रोजगार कोशी पेभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सेलिङ गर्दै हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १८ सय जनालाई प्रत्यक्ष तालिम दिइने छ भने विद्यार्थीहरूका लागि गाइडेड टुरको व्यवस्था गरिएको जनाएको छ । मुलुककै अर्थतन्त्र शिथिल भईरहेको बेला आयोजना गर्न लागिएको एक्स्पोले यस क्षेत्रमा अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै उद्यम र उद्यमशिलता प्रति आकषिर्त गराउने उद्देश्य लिइएको उद्योग संंगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिनुभयो । एक्स्पोका क्रममा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने बताइएको छ । करिब ३ करोड खर्चमा आयोजना हुन लागेको सो एक्स्पो करिब २ लाख दर्शकहरुले अवलोकन गर्ने विराट एक्स्पो २०२५ का संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो ।