इटहरी। सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन् । पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन् । धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार ९हिजो० राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी एकथान बरामद गरिएको छ । धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारमा उनीहरू सवार थिए । प्रहरी जाँचका क्रममा कारमा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।