इटहरी / इटहरीमा दोस्रो संस्करणको सगरमाथा खुल्ला राष्ट्रिय र्याङकीङ ब्याडमीन्टन प्रतियोगीता आयोजना हुने भएको छ । सुनसरी व्याडमीन्टन एकेडेमीको आयोजनामा यही माघ १६ गतेदेखी १९ गतेसम्म एकेडेमीकै कभर्ड हलमा प्रतियोगीता आयोजना हुने भएको हो । विभीन्न १५ विधाका विजेताहरलाइ ६ लाख ५६ हजार नगद पुरस्कार राशीको व्यवस्था रहेको जनाइएको छ ।

जुनीयर खेलाडीहरुलाइ प्रोत्साहन गर्नु नै प्रतियोगीताको मुल उद्धेश्य रहेको जनाइएको छ । १५ विधामा आयोजना हुन लागेको यो प्रतियोगीता नेपालकै सबैभन्दा धेरै विधाहरु संलग्न प्रतियोगीता भएको आयोजकको दाबी छ । प्रतियोगीतामा ३ विभागीय टोली सहित ६० जिल्लाका खेलाडीहरुको सहभागीता रहने एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिनुभयो ।

WhatsApp Image 2025-01-15 at 16.12.36_a3ad291b

विभीन्न जील्लाहरुबाट आउने खेलाडीहरु माझ यस प्रतियोगीताले सुनसरी जिल्लाकै पहिचान स्थापीत गराउन टेवा पुग्ने आयोजक संस्थाको विश्वास छ । पुरस्कार राशी तर्फ, पुरुष एकल र महिला एकलका लागी प्रथम,द्धीतीय र तृतीय हुनेलाइ क्रमश ५० हजा्, २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरीने भएको छ । यस्तै मीक्स डबल, अन्डर १७, अन्डर १५, अन्डर १३ , अन्डर ११ छात्र र छात्रा तर्फ प्रतियोगीता आयोजना हुने आयोजकले जनाएको छ ।

WhatsApp Image 2025-01-15 at 16.12.36_3f733ef2

प्रतियोगीतामा सहभागीता जनाउन आउने खेलाडीहरुका लागी प्रवेश शुल्क १ हजार तोृकीएको छ भने जुनीयर खेलाडीका लागी रु ५०० नीर्धारण गरीएको छ । साथै, खेलाडीलाइ दैनीक खाना र आवासका लागी रु ७०० छुट्याइएको एकेडेमीले जनाएको छ ।

कुल ३१ लख २५ हजार खर्च अनुमान गरीएकोमा इटहरी उपमहानगरपालीकाबाट ३ लाख, यस्तै कोशी प्रदेश सरकार, वडा कार्यलय साथै विभीन्न नीजी क्षेत्रबाट आर्थीक सहयोग जुटाइरहेको एकेडेमीले जनाएको छ ।

WhatsApp Image 2025-01-15 at 16.12.35_ab2f0332 1