इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो । साँघुको मैदानी सुके लामपोखरी खर्केली बहुउद्देश्यीय कृषक समूहमा आवद्ध किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा स्थानीय किसानलाई हाते ट्रयाक्टर, पाइप, स्प्रिङकललगायतका सामग्री वितरण गरिएको छ । यता कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अनुदानमा पाएको सामग्रीलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । अनुदान प्राप्त गरेपछि त्यसको सही सदुपयोग गरी दिगो तथा व्यावसायिक बनाउन सकेमा आत्मनिर्भर बन्नलाई टेवा पुग्ने अध्यक्ष वनेमको भनाइ छ । उहाँले स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले नै गाउँपालिकाले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आलु पकेट क्षेत्रका लागि साँघुको जग्गा उपयुक्त रहेको र कृषक समूहमा आवद्ध किसानले यसवर्ष करिव ८० रोपनी जग्गामा आलु खेती लगाएको गाउँपालिकाले जनाएको छ ।


