इटहरी । मोरङमा एक पुरुषले पेट्राल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दकमका ४० वर्षीय विनोद थापाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्किएर आगो लगाएका हुन् । झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थापाले प्रेमिकाले बेवास्ता गर्न थालेपछि आगो लगाएको खुलेको प्रहरीले जनाएको छ । पेट्रोल छर्किएर आगो लगाएका विनोदको अवस्था सामान्य रहेको मोरङ प्रहरीका डीएसपी वेद जोशीले जानकारी दिए ।