इटहरी/ बिहारमा जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन १८ जनवरीमा डिभिएम स्कुल इटहरीबाट सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्।
नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा डिभिएम स्कुल इटहरीबाट स्वागत बिमली (१० देखि १२ वर्ष ५० केजी समुहबाट) काता र कुमुते दुबईमा तेस्रो, रोहन चौधरी (१० देखि १२ वर्ष ३० केजी समुह) काता तेस्रो कुमिते दोस्रो, सिमरन राई (१० देखि १२ वर्ष ३० केजी समूह) काता र कुमिते दुबैमा तेस्रो, त्यस्तै रोहन अग्रवाल (१० देखि १२ वर्ष ४० केजी समूह) काता र कुमिते दुबैमा दोस्रो भएको प्रशिक्षक सागर राउतले जानकरी दिए।


