इटहरी / इटहरी बाट जनवरी २० र २१ गते दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन भारतको बिहार पुगेका खेलाडीहरू विभिन्न पदक सहित नेपाल फर्किएका छन्।   नेपाल, भारत र भुटानबीच भएको प्रतियोगितामा इटहरी कराते एकेडेमीका अमर कुमार शाह काता बिधामा द्वितीय भएका छन् भने कुमुते ५५ केजीमा प्रथम भएका छन्।

त्यस्तै आयुष कटवाल (१६-१८ वर्ष) ५० केजि काता र कुमुते दुवै  विधामा प्रथम , शिल्पा श्रेष्ठ (१२-१४ वर्ष)  ३५ केजि काता र कुमुते दुवै  विधामा प्रथम, अन्जली श्रेष्ठ (१२-१४ वर्ष) ३५ केजी काता तेस्रो कुमुते दोस्रो, खुसी बिष्ट (१२-१४ वर्ष) ५० केजी काता तेस्रो कुमुते प्रथम, दिया थारु (१२-१४ वर्ष) ५५ केजि काता तेस्रो कुमुते दोस्रो हुँदा  ५ स्वर्ण  ३ रजत ३ कास्य सहित फर्किएको प्रशिक्षक सागर राउतले बताए ।