इटहरी । प्रहरीले इलामा सूर्योदय नपा ८ का ३१ वर्षीय मुस्कान तामाङ र सूर्योदय(६ का २७ वर्षीय पूजन तामाङलाई बिहीबार लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलामको किटनी प्रहरी चौकी र ट्राफिक प्रहरीको चेकजाँचमा प्रदेश १०१०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा ४ ग्राम ७९ मिलिग्राम ब्राउनसुगर सहित दुवैलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।