इटहरी । फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ । शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ । शव बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिनुभएको छ । शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताउनुभयो ।


