सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिकाको भरौलमा नेपाल तरुण दलमा ५० जना बढि युवाहरु प्रवेश गरेका छन् । विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब तथा केही स्वतन्त्र युवाहरु गरि ५० जना बढि युवाहरु नेपाली कांग्रेशको भातृ संस्था नेपाल तरुण दलमा प्रबेश गरेका हुन् । आइतवार नेपाल तरुण दल वराहक्षेत्र वडा नं ३,४ र ५ वडा कार्यसमितिले आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब ५० जना बढि संङख्यामा युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेको नेपाल तरुण दल वडा नं ३ सचिव असिम चाम्लिङ्ग राईले बताए ।
नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेश वराहक्षेत्र सभापति तथा नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य जगत कार्की , महाधिवेशन प्रतिनिधि भिम कट्वाल , नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ सचिव केशव पुरी , सदस्य मणिराज राई , कांग्रेश नेता बुद्बी बहादुर कटुवाल , वडा अध्यक्षहरु राजदिप लामा , रोहित काफ्ले , तेजबहादुर गुरुङ्ग , तरुण दलका नेताहरुले तरुण दलमा स्वागत् तथा प्रवेश गराएका थिए ।
तरुण दलमा आवद्ब युवाहरु र नेपाली कांग्रेशका नेताहरु बिच भेटघाट र छलफल गर्ने उदेश्य सहित स्थानिय पर्यकीय क्षेत्र अमाहको प्रचारप्रसार गर्ने उदेश्य राखेर भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गरिएको नेपाल तरुण दल वडा नं ३ का सभापति एकराज कार्कीले बताए । सोहि अवसरमा वडा नं ३ संगै वडा नं ४ र ५ का युवाहरुलाई तरुण दलमा प्रवेशको कार्यक्रम राखिएको नेपाल तरुण दल वराहक्षेत्र नगर सचिव मनोज तामाङ्गले जानकारी दिए ।


