इटहरी/ प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशको अवसरमा मैत्रीपुर्ण फुटसल सहित द्विप प्रज्वलन गरि मनाइएको छ।सुनसरीको धरान-१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र प्रेस चौतारी सुनसरीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौतारीलाई ७-५ गोल अन्तरले पराजित गर्दै महासघ बिजयी बनेको छ । त्यसअघी प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लिङ् राइको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य, धरान उपमहानगरपालिका पुर्व उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमका बिछ केक काटेर स्थापना दिवस मनाइएको हो । देशमा लोकतन्त्र स्थापनाका लागि प्रेस चौतारीको महत्वपुर्ण भुमिका रहेको बताउदै प्रमुख अतिथी भण्डारीले पत्रकारिता मार्फत समाज रुपान्तरणका क्षेत्रमा थप अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह-सयोजक देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्ताेष काफ्ले, प्रेस्स चौतारी सुनसरी पुर्व अध्यक्ष भिम ज्वाला राई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 

यस्तै,सन्ध्याकालिन समयमा सुनसरीका ३ पालिकामा द्विप प्रज्वलन गरि प्रेस चौतारीले स्थापना दिवस मनाएको छ । इटहरीको मुख्य चौक, धरानको भानु चौक र बरहाक्षेत्र ५ कालाबञ्जारमा द्विप प्रज्वलन गरिएको हो । इटहरीमा आयोजित द्विप प्रज्वलन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रेस चौतारी निवर्तमान केन्दृय उपाध्यक्ष लिलाराज भट्टराइले प्रेस चौतारीको ईतिहास र हालसम्मको यात्राबारे चर्चा गर्नुभएको थियो । धरान भानु चौकमा आयोजोत द्विप प्रज्वलन कार्यक्रमका वक्ताहरुले प्रेस चौतारीलाई थप सफलतालाइ शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै, बराहक्षेत्रमा आयोजित द्विप प्रज्वलन कार्यक्रमका वक्ताहरुले श्रमजिवी पत्रकारका हक हित सुनिश्चोतताका पक्षमा जोड दिनुभएको थियो । जनताको पक्षमा कलम चलाउने पत्रकारको व्यवसायिक स्थायित्वका िवषयमा पनि चर्चा भएको थियो । कार्यक्रममा व्यवसायी, सुरक्षा निकाय, प्रदेश सभा सदस्य, राजनैतिक दलका नेतृत्व तथा समाजसेवीको सक्रीय उपस्थिती रहेको थियो ।