मोरङ | मोरङको विराटनगरमा लुक मि कस्मेटिक प्रा.लि.को आयोजनामा एक दिने हेयर एण्ड केमिकल वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य व्यवसायको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १ सय ३० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

वर्कशपमा सहभागीहरूलाई कपाल तथा केमिकल सम्बन्धी विभिन्न आधुनिक प्रविधि र प्रवृत्तिबारे प्रशिक्षण दिइयो। हेयर इस्ट्रेट (Hair Straightening) र हेयर कलर (Hair Coloring) को व्यावहारिक अभ्यास (Practical Demonstration) गराउँदै प्रशिक्षकहरूले सौन्दर्य व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधिहरू प्रस्तुत गरे।

FB_IMG_1738843046956

लुक मि कस्मेटिक प्रा.लि.का बिजनेस डेभलपमेन्ट डाइरेक्टर ले कम्पनीको व्यापारिक मोडल र आगामी योजनाबारे जानकारी गराउँदै, सौन्दर्य व्यवसायमा संलग्न ब्युटी पार्लर व्यवसायीहरूका लागि विशेष वार्षिक अफर तथा इस्कीमहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका मुख्य प्रशिक्षकहरू सुशील पौडेल र धिरज केशी (कडेल) थिए। धिरज केशी (कडेल) ले हेयर केमिकल तथा कपालसम्बन्धी विविध जानकारी प्रदान गरे भने, सुशील पौडेलले कम्पनीका उत्पादनहरूमा प्रयोग गरिने केमिकलहरू र तिनको सही उपयोगबारे प्रकाश पारे।

कार्यक्रम अवधिभर विभिन्न रमाइला गतिविधिहरू, गेम, क्विज तथा उपहार वितरण गरिएको थियो। साथै, सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदान र सहभागिताको सम्मान गरियो।

लुक मि कस्मेटिक प्रा.लि.ले केराटिन सेट, ब्ल्याक म्याजिक सेम्फु, कलर सेट , पर्पल सेम्फु, प्लेक्स ट्रिटमेन्ट , जस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइसकेको छ । कम्पनीका इटहरी शाखाका अध्यक्ष खगेन्द्र बिमलीले गुणस्तरीय कस्मेटिक उत्पादन गर्दै व्यवसायलाई अगाडि बढाउने लक्ष्य रहेको बताए।

Screenshot_2025_0206_174244

कार्यक्रममा सहभागीहरूले कलरको आधुनिक प्रयोग, कपालका आधारभूत हेरचाह विधि तथा सौन्दर्य व्यवसायसँग सम्बन्धित विभिन्न नयाँ सीपहरू सिक्न पाएको अनुभव साझा गरे। उनीहरूले भविष्यमा पनि यस्ता तालिम कार्यक्रम आयोजना गरिनुपर्ने माग राखे।

कार्यक्रममा कोशी प्रदेश सौन्दर्यकर्मी संघका अध्यक्ष कला डाँगीले लुक मि कस्मेटिक प्रा.लि.सँग सधैँ सहकार्य रहने प्रतिबद्धता जनाइन्। यस्तै, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर अध्यक्ष भलि सुब्बा र सचिव बसन्ती गुरुङ लगायत विभिन्न सौन्दर्य कला संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।IMG_20250205_130247

लुक मि कस्मेटिक प्रा.लि.ले , इटहरी, धरान, दमक, उर्लाबारी विराटनगर लगायतका ठाउँमा यस्ता वर्कशप आयोजना गर्दै आएको छ। विराटनगरमा आयोजित यो पाँचौँ वर्कशप हो। कम्पनीले आगामी दिनमा सौन्दर्य व्यवसायको स्तर वृद्धिमा थप योगदान दिने उद्देश्यले नयाँ प्रविधि र उत्पादनहरूलाई प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।

विराटनगरमा सम्पन्न हेयर एण्ड केमिकल वर्कशप सौन्दर्य व्यवसायमा आबद्ध व्यक्तिहरूका लागि निकै उपयोगी रह्यो। आधुनिक प्रविधिको प्रयोग, नयाँ सीपको विकास तथा उत्पादक र उपभोक्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यसहित आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। आयोजक तथा सहभागीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

FB_IMG_1738843148233