संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता सोमबार देखी सुरु भएको हो । बुधबार भएको चौथो प्रतियोगितामा न्यू यूवा क्लब आँखिभुईलाई हराउँदै डाँडाबजार यूवा क्लब धनकुटा सेमीफाइनलमा प्रवेश गरेको छ । मुलखर्क रङ्गशालामा भएको प्रतियोगितामा न्यू यूवा क्लबलाई हराउँदै डाँडा बजार यूवा क्लब मुलखर्कमा जारी ४६ औ हाङथुम कपको सेमीफाइनलमा प्रवेश गरेको हो ।
डाँडा बजार यूवा क्लबले न्यू यूवा क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै सेमीफाइलमा प्रवेश गरेको हो । खेलमा डाँडा बजार यूवा क्लबको तर्फबाट दोश्रो हाफको ७ औ मिनेटमा जर्सी नम्बर ९ का सन्दिप लिम्बुले गोल गरेका थिए । सो गोलले नै डाँडा बजार यूवा क्लबलाई सेमीफाइनलको यात्रामा पुर्याएको हो । म्यानअफ द म्याच डाँडा बजार यूवा क्लब धनकुटाका खेलाडी जर्सी नम्बर २३ राजिब छेत्रीले पाएका छ्न ।

भोलि हुने सेमिफाइनको पहिलो खेल १२ बजे सृजना यूवा क्लब धरान भर्सेज चुलाचुली स्पोटिङ क्लब झापा विच हुने छ भने ,दोस्रो खेल २ः३० बजे डाँडा बजार धनकुटा भर्सेज लिखु भुजी क्लब रामेछाप विच हुने छ ।
प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी रहेको हाङथुम क्लबका अध्यक्ष असिम जिमीले बताउनुभयो । प्रतियोगिताको फाइनल माघ २६ गते हुनेछ । हाङथुम क्लवले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०३५ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।


