इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ४, किराँत चोकस्थित फलामे पुल नजिकै शुभारम्भ व्यूटि एकेडेमी सञ्चालनमा आएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि यो एकेडेमीले उच्च गुणस्तरीय तालिम, पार्लर सेवा तथा सौन्दर्य सामग्री बिक्री वितरण गर्ने भएको छ ।

शुभारम्भ व्यूटि एकेडेमीले सौन्दर्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछ। व्यूटि पार्लरसम्बन्धी विभिन्न आधुनिक प्रविधिहरू, फेशियल, हेयर कटिङ, मेकअप, स्किन केयर तथा अन्य सौन्दर्य सम्बन्धी सीप सिकाइनेछ। यससँगै, एकेडेमीले आफ्ना सेवाग्राहीहरूलाई सेल्फ-केयर, सैलुन व्यवस्थापन र सौन्दर्य सामाग्रीको उचित प्रयोगसम्बन्धी ज्ञानसमेत प्रदान गर्ने योजना बनाएको छ।

एकेडेमीकी डाइरेक्टर ममता बस्नेतका अनुसार, इटहरी र मोरङका महिलाहरूलाई पार्लर सेवा प्रदान गर्ने मात्र नभई, उनीहरूलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाउन यो संस्थाले महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भनिन्, "महिलाहरूलाई दक्ष बनाउनु हाम्रो प्राथमिकता हो। पार्लर क्षेत्रमा रुचि राख्ने जोसुकैले यहाँ आएर व्यावसायिक तालिम लिन सक्छन्।"

एकेडेमीको औपचारिक शुभारम्भ विशेष कार्यक्रमसहित सम्पन्न भयो। उपस्थित व्यक्तित्वहरूले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। उद्घाटन समारोहमा व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तित्वहरू, प्रशिक्षार्थीहरू तथा स्थानियहरूको उल्लेखनीय सहभागिता रहेको थियो।IMG_20250209_170535

शुभारम्भ व्यूटि एकेडेमी सञ्चालनमा आउनुले इटहरी तथा मोरङ क्षेत्रका महिलाहरूलाई स्वरोजगार बन्ने अवसर प्रदान गर्नेछ। तालिम पूरा गरेका प्रशिक्षार्थीहरूले आफ्नो पार्लर व्यवसाय सुरु गर्न सक्नेछन् वा अन्य व्यावसायिक संस्थाहरूमा रोजगारको अवसर पाउन सक्नेछन्।

व्यावसायिक तालिम र सौन्दर्य सेवाको उत्कृष्ट संयोजनसहित सुरु भएको यो एकेडेमीले स्थानिय महिलाहरूको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

IMG_20250209_170547