सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक्स्पाेबाट खर्च भएर बाँकी रहेको रकमले दाताकाे साथ सहयाेगमा सार्वजनिक शाैतालय निर्माण गर्न लागिएको हाे । नगरकाे विभिन्न स्थानमा बनाउँन बाँकी रहेकाे पुस्तकालय सहितकाे सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण सहयाेगार्थ काेष जुटाउँन विराट एक्स्पो ४ सञ्चालन गर्न लागिएको महाेत्सव मुल समारोह समितिका संयाेजक भाेलेश्वर दुलालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
एक्स्पाे सञ्चालनका लागि करिव रु. ४ करोड खर्च हुने आयाेजककाे अनुमान रहेको छ । जसमा लक्षित विकास परियोजनाहरूको लागि रू १ करोड बचत हुने अपेक्षा गरिएको छ। यस वर्षको महाेत्सवमा १ सय ९४ स्टलहरू रहने उल्लेख गरिएको छ । महाेत्सवमा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहने आयाेजकले उल्लेख गरेको छ । स्थानीय उत्पादन, कृषि प्रविधि, कपडा , उद्योग, व्यापार तथा नवप्रवर्तनसँग सम्बन्धित स्टलहरू राखिने आयाेजकले उल्लेख गरेको छ ।
होटलहरूको प्रतिनिधित्व गर्ने १६ स्टल तथा ८०% स्टलहरू पहिले नै बुक भइसकेकाेले एक्स्पोमा उल्लेखनिय सहभागिता हुने अपेक्षा गरिएको आयाेजक संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनले सहज कार्यान्वयन सुनिश्चित गर्न ५ सय १ सदस्यीय मुख्य आयोजक समिति र १९ उप-समितिहरू गठन गरिएको बताए । अध्यक्ष कार्कीले भने `` एक्स्पाेमा प्रवेशका लागि सहयाेग स्वरूप दाताबाट रू ५ हजार प्रतिगाेटाका १८ सय ज्याकेट हाल खरिद भएको छ । सहभागितालाई प्रोत्साहन गर्न विद्यार्थीहरूको लागि प्रवेश नि:शुल्क हुनेछ । एक्स्पोमा नगरपालिका स्तरीय नृत्य ,संगीत प्रतियोगिताहरू सहित दैनिक सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिनेछ। आगन्तुकहरूको अनुभवलाई अझ समृद्ध बनाउन यहाँ चेस प्रतियोगिता तथा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ ´´ ।
यस पटक नयाँ प्रविधिबाट एक्स्पाे स्टल बनाउने कार्य अगाडि बढेकोले ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी तथा पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने महाेत्सवका संयाेजक दुलालले जानकारी दिए । उनले विराटचोकमा १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर मेला लगाउन लागेको उल्लेख गर्दै आगामी दिनमा मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा सुरक्षित गरिएको बताए । संयाेजक दुलालले भने `` स्थायी रूपमा कम्पाउण्ड, शौचालय, गेट र मञ्च सो जग्गामा बनाइने छ ।
“सुन्दरहरैंचा विराट एक्स्पो-४” कृषि तथा औद्योगिक प्रदर्शनीको अहिले तयारी अन्तिम अवस्थामा पुगेको आयाेजकले उल्लेख गरेको छ । यसै क्रममा, वाणिज्य संघले विभिन्न संघ-संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको उल्लेख गरिएको छ । ११ दिन सम्म सञ्चालन हुने यस एक्स्पोमा सबैलाई सहभागिता जनाउन उद्योग वाणिज्य संघले आग्रह गरेको छ। संघका पदाधिकारीहरूका अनुसार, एक्स्पो भव्य बनाउन तयारी गरिएको छ ।